Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

ओखलढुंगाको चिशंखुगढीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु


ओखलढुंगा, २१ फागुन । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–३ दियालेमा जिप दुर्घटना भएको छ।

आइतबार बिहान भएको दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने आठ जना गम्भीर घाइते भएका छन्। दियालेदेखि ओखलढुंगा सदरमुकामतर्फ आउँदै गरेको ना १ ज ८४८३ जिप दुर्घटना भएको प्रहरीले जनाएको छ।

ओखलढुगांका प्रहरी प्रवक्ता देवेन्द्र दासका अनुसार घाइतेको उपचारका लागि उद्धार जारी छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। साथै, तत्काल उद्धारका लागि निर्देशन दिएको जानकारी प्रधानमन्त्री प्रचण्डले गराएका छन्।


क्याटेगोरी : समाचार, कोशी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट