Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

डडेल्धुरामा बँदेलको आक्रमणबाट एक जनाको ज्यान गयो


डडेल्धुरा, २१ फागुन । डडेल्धुरामा बँदेलको आक्रमणबाट एक जनाको ज्यान गएको छ। आइतबार बिहान बँदेलको आक्रमणबाट जिल्लाको अमरगढी नगरपालिका–३ डोटी घटाल, गुजरलेकका ५२ वर्षीय गणेश पल्लेको ज्यान गएको हो।

पल्ले बिहान खेतमा गोरु डोर्याउन गएको बेला बँदेलको आक्रमणबाट परेका थिए। स्थानीयका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो। डडेल्धुराका प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले घाइते पल्लेको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको बताए। मृतक पल्लेको शव पोष्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा राखिएको छ।

 


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट