Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

द्वन्द्वकालीन मुद्दाका सम्बन्धमा सर्वाेच्च अदालतको प्रश्नलाई नौ दलको जवाफ


प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नौ दलको वैठकले सर्वाेच्च अदालतले द्वन्द्वकालीन मुद्दालाई उठाएर गरेको फैसलाको घुमाउरो रुपमा विरोध जनाएका छन् । र, संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नौ दलको बैठकले ‘शान्ति प्रक्रियाका बाँकी कामलाई विस्तृत शान्ति सम्झौता र संविधानको भावना अनुरूप तार्किक निस्कर्षमा पुर्याउन’ प्रतिवद्धता व्यक्त गरेको हो।

बैठकपछि नौ दलका शीर्ष नेताद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘द्वन्द्वकालिन घटनाबाट पीडित नागरिक एवम् उनका परिवारलाई न्याय दिन आवश्यक विधेयक सम्मानित सर्वोच्च अदातलको फैसला बमोजिम कानून बन्ने गरी संसदको यसै अधिवेशनमा प्रस्तुत गरिने छ।’

यसका साथै, कानून निर्माणका साथै सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन सम्बन्धी आयोग गठन गरिने पनि नौ दलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बैठकले संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एकजुट भई अगाडि बढ्ने दृढता व्यक्त गरेको छ।

नौ दलले जारी गरेको वक्तव्य


क्याटेगोरी : समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट