Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

दार्चुलामा जिप दुर्घटना हुँदा ६ जना घाइते


दार्चुला, २३ फागुन । दार्चुलामा मङ्गलवार आज बिहान जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

दार्चुलाको महाकाली नगरपालिका– ४ बाङ्गाबगर खानेपानी ट्याङ्की नजिक लास्कु खोलामा मधेस प्रदेश–०३ ००१ ज ०३४० नम्बरको जिप दुर्घटना भएको हो । जिप दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्।

जीपमा भारतीय नागरिक रहेका बताइएको छ। भारतीय नागरिक डुङरी मन्दिर दर्शन गर्ने आएका बुझिएको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला लगिएको छ । जीप बाङ्गाबगरको जीपपार्कबाट लास्कु खोलामा खसेको हो ।

घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश
ट्याग : #jeep accident

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट