Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पत्रकार शेरबहादुर भुजेलको निधनप्रति महासंघ स्तब्ध


दोखला, २३ फागुन । नेपाल पत्रकार महासंघ दोलखा शाखाका सदस्य शेरबहादुर भुजेलको ३८ वर्षको अल्पायुमै भएको असामयिक निधनप्रति महासंघले स्तब्ध भएको जनाएको छ । पत्रकार भुजेलको गएराति दोलखाको पवटीस्थित निवासमा निधन भएको हो । भुजेल महासंघ दोलखा शाखाका पूर्वकोषाध्यक्ष थिए ।

विगत दुई दशकदेखि दोलखामा रहेर सक्रिय पत्रकारिता गरिरहेका भुजेलले कालिन्चोक एफएममा समाचार प्रमुखका रूपमा काम गरेका थिए । कालिन्चोक सन्देश साप्ताहिकमा समेत काम गरेका भुजेल पछिल्लो समय इदैनिक खबर अनलाइनमा सम्पादकका रूपमा कार्यरत थिए । स्वर्गीय भुजेलका श्रीमती, एक छोरा र एक छोरी छन् ।

‘भुजेलको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र उर्जाशील युवा पत्रकार गुमाएको छ भने महासंघले सक्रिय सदस्य गुमाएको छ’, महासंघद्वारा जारी शोक विज्ञप्तिमा भनिएको छ ।

महासंघले शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना प्रकट गरेको छ ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #fnj

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट