Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नेपाली महिला टोलि आज प्यालेस्टाइनसँग फुटबल खेल्दै


काठमाडौं, २४ फागुन । एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपालले आज प्यालेस्टाइनसँग खेल्दैछ।

नेपाल र घरेलु टोली प्यालेस्टाइनबीचको खेल फैजल हल हुसेइनी इन्टरनेसनल स्टेडियममा स्थानीय समयअनुसार दिउँसो ३ बजे सुरु हुनेछ। साफ यू–२० च्याम्पियनसिपमा उपविजेता बनेको नेपाल एसियन छनोटको पहिलो चरण पार गर्दै दोस्रो चरणमा पुग्ने लक्ष्यमा छ।

प्रतियोगिताको समूह ‘बी’ मा यसअघि युएई पनि थियो र तर युएईले नाम फिर्ता लिएपछि तीन टोली मात्र छन्। नेपालले दोस्रो खेल यही मार्च १२ मा नर्दन मारियाना आइल्यान्डसँग खेल्नेछ। समूहको विजेता टोली दोस्रो चरणमा छनोट हुने छ। दोस्रो चरणबाट चार टिम फाइनल चरणमा छनोट हुनेछन्। छानिएका टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछ। खेल सन् २०२४ मार्च ३ देखि १६ सम्म हुनेछ।

आयोजक उज्वेकिस्तानसहित २०१९ मा भएको पछिल्लो संस्करणको विजेता जापान, दोस्रो भएको उत्तर कोरिया र तेस्रो भएको दक्षिण कोरिया गरी चार टिम सिँधै छनोट भइसकेका छन्।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #football

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट