डा. विष्णुमाया परियार, जसको जीवनी संसारभरका ११ सयभन्दा धेरै विद्यालयमा पढिन्छ

काठमाडौं, २४ फागुन । गोरखाको विकट गाउँमा जन्मिएर संघर्ष गर्दै अमेरिकामा समेत राम्रो छाप छाड्न सफल महिलाका रूपमा चिनिन्छिन्, डा. विष्णुमाया परियार।
अमेरिकाको प्रसिद्ध प्रकाशक म्याक्रो हिलले डा. विष्णुमाया परियारको जीवन संघर्षको बारेमा पुस्तकमा समावेश गरेका छन्। ‘द राइटर्स माइन्डसेट’नामक पुस्तकमा विश्वका चर्चित ५२ जनाको जीवनी लेखिएको छ।
त्यसमा परियार पनि समावेश छिन्। उनको जीवनी संसारभरका ११ सयभन्दा धेरै विद्यालय, कलेज र विश्वविद्यालयमा समेत पढाइन्छ। सेप्टेम्बर २७ मा विष्णुमाया डे घोषणा गरिन्छ। मानवअधिकार, दलित अधिकारको क्षेत्रमा राष्ट्रिय योगदान दिएकी छिन्।
इम्पावर दलित वुमेन अफ नेपालको स्थापना गरेर दलित अधिकारको वकालत गर्दै आएकी छन्। उनले १९ वर्षको उमेरदेखि वकालत गर्दै आएकी छन्।
क्याटेगोरी : जनमञ्च, रोचक, समाचार, साहित्य
ट्याग : #breaking
प्रतिक्रिया