Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

गौतमबुद्ध विमानस्थलबाट आजदेखि पुनः नियमित अन्तर्राष्ट्रिय उडान सुरु


काठमाडौं । गौतमबुद्ध विमानस्थल भैरहवाबाट आजदेखि पुनः नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ ।

अन्तर्राष्ट्रिय उडान गर्दै आएको कुवेतको जजिरा एअरवेजले गएको पुस ६ गतेदेखि खराब मौसमका कारण उडान स्थगित गरेको थियो ।

कुवेतबाट आज बिहान ६६ जना यात्रु लिएर आएको जजिराको विमान बिहान ८ बजेर ५ मिनेटमा ९९ जना जना यात्रु लिएर उडेको छ । अब आकाश खुल्न थालेकाले भैरहवा उडान सहज भएको र जजिराले अब हप्तामा तीन दिन मङ्गलवार, बिहीवार र शनिवार नियमित उडान गर्ने विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा सञ्चालन गरिएको गौतमबुद्ध विमानस्थलमा दैनिक ३० देखि ४० वटासम्म उडान गर्न सकिने क्षमता छ ।


क्याटेगोरी : पर्यटन, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट