मतदान गरेर निस्किने क्रममा सांसद गोविन्दबहादुर न्यौपाने लडेर घाइते, सिभिल अस्पतालमा उपचार हुँदै

काठमाडौं, २५ फागुन । राष्ट्रपति चुनावमा मतदान गरेर निस्किने क्रममा लडेर प्रदेश सभा सदस्य गोविन्दबहादुर न्यौपाने घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ ।
संघीय संसद भवन नयाँ बानेश्वरको भवनमा मतदान गरेर निस्कने क्रममा उनी सिँढीमा लडेर घाइते भएका थिए ।
७१ वर्षका उनी मधेश प्रदेश सभाका सदस्य हुन् ।
क्याटेगोरी : समाचार, संसद, स्वास्थ्य
प्रतिक्रिया