Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

पत्रकार नवीन चौधरीमाथि कुटपिट


बर्दिबास, २५ फागुन । पत्रकार नवीन चौधरीमाथि कुटपिट भएको छ । उनलाई उपचारका लागि जनकपुरस्थित जानकी हेल्थ केयर एण्ड टिचिङ हस्पिटलमा भर्ना गरिएको छ । उनको टाउको, पिठ्युलगाएत शरीरका विभिन्न अङ्गमा चोट लागेको अस्पतालले जनाएको छ ।

पत्रकार चौधरी ग्रामीण भेगमा मनाइने होलीको समाचार सङ्कलन र छायाङ्कनका लागि जलेश्वर नपा ५ स्थित चौरीया गाउँमा पुग्दा कुटपिट भएको हो । चौरीया सीमावर्ती गाउँ पनि हो ।

चौधरीलाई बियरको बोतलले टाउकोमा प्रहार गर्नुका साथै लात घुसा र चिरपटले प्रहार गरिएको छ । प्रहरी उपरीक्षक प्रकाश मल्लले घटनास्थलबाट भारत बिहार मधुवनी जिल्लाका रञ्जित ठाकुरलाई नियन्त्रणमा लिएको जनाए ।

नेपाल प्रेस युनियन महोत्तरी शाखाले प्रेस विज्ञप्ति जारी गर्दै घट्नाको भर्त्सना गरेको छ ।


क्याटेगोरी : समाचार, मधेस प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट