Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

ठुला आकाशगंगाहरू फेला परेपछि खगोलशास्त्रीहरू रनभुल्लमा


काठमाडौं । जेम्स वेब स्पेस टेलिस्कोप नाम गरेको दूरबिनले ठुलो पुरानो आकाशगंगाहरू(ग्लेक्सी) फेला परेपछि खगोलशास्त्रीहरू रनभुल्लमा परेका छन् ।

अन्तरिक्षमा असीमित संख्यामा ग्लेक्सीहरू रहेका छन् । अन्तर्राष्ट्रिय खगोलभौतिकशास्त्रीहरूको (एस्ट्रोफिजिसिस्ट) एक टोलीले हालै पूरा गरेको एक अध्ययनले जेम्स बेव स्पेस टेलिस्कोपले लिएको तस्विरमा लुकि बसेका धेरै रहस्यमय वस्तुहरू फेला पारेको हो । संक्षेपमा यो टोलीले कुनै पनि ब्रह्माण्डसम्बन्धी सिद्धान्त (कस्मोलोजिकल थिअरी)मा वर्गीकृत नगरिएको धेरै ठुलो आकाशगंगा हुन सक्ने खगोलीय वस्तु फेला पारेको हो । यी आकाशगंगाहरू ब्रह्माण बनेको बेला निर्माण भएको बुझिएको छ ।

स्पेसडट कमले सार्वजनिक गरेको सो समाचार अनुसार यी ६ ग्लेक्सीहरू मिल्की वे जति ठुलो रहेका छन् । यी ग्लेक्सीहरूमा परिपक्व राता ताराहरू रहेका छन् । जेम्स वेब स्पेस दूरबिनको फोटोमा ती ताराहरू फैलिएर रहेका छन् । वैज्ञानिकहरूले गरेको नयाँ अध्ययनबाट यसअघि यस किसिमको अध्ययन फेला नपरेको जनाएका छन् ।

एस्ट्रोफिजिक्सका सहायक प्रोफेसर र यो नया अध्ययनका लेखक एरिका नेल्सनले भने “ ब्रह्माणको सुरुआतमा यति छिट्टै संगठित हुने घटना अनुमान गर्न सकिँदैन् । यी ग्लेक्सीहरूलाई निर्माण हुन समय लागेको थिएन ।”

यी ग्लेक्सीहरूबाट निस्केको प्रकाशको व्याख्याको आधारमा अनुसन्धानकर्ताहरूले हाम्रो ब्रह्माण्डको सुरुआतको वर्षमा देखिएको निष्कर्षमा पुगेका छन् । यो समय महाविस्फोट (बिंग ब्यांग) भएको ५० करोड देखि ७० करोड वर्ष पछिको समयमा यी ग्लेक्सीहरू देखिएको निष्कर्ष निकालिएको छ । आकाशगंगाहरू देखिनु आफैमा अचम्मको कुरा न भएपनि अहिलेसम्म खगोलशास्त्रीहरूले गरेको विश्वास भनेको ताराहरूको समूह कालो युगबाट ब्रहमाण्ड बाहिर आएपछि बनेको थियो भन्ने थियो । कालो युगलाई हाइड्रोजन कणहरूले भरिएको बाक्लो कुहिरो जस्तो अन्तरिक्षको ४० करोड वर्षलाई बुझ्ने गरिएको छ ।

जेम्स वेब स्पेस टेलिस्कोपले लिएको ग्लेक्सीहरूको तस्बिरमा ठुला ताराहरू धेरै पुरानो भएको बुझिन्छ । विभिन्न अध्ययनहरूमा युवा ताराहरू नीलो रंगमा चम्किने कुरो उल्लेख छ। उनीहरू चिसो भएपछि रातो गरी चम्किने गर्छ । यसले उनको उमेर निर्माण हुन्छ । यो तस्बिरका राता बिन्दुहरू ५० गुना ठुला देखिन्छ ।

 


क्याटेगोरी : विज्ञान, समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट