Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

अभिनेत्री सुरक्षा पन्त र मानव सुवेदीबीच विवाह


काठमाडौं, २५ फागुन । अभिनेत्री सुरक्षा पन्त विवाह बन्धनमा बाँधिएका छन् । उनले अभिनेता मानव सुवेदीसँग विवाह गरेकी हुन् ।

सुरक्षाले सामाजिक सञ्जालमा विवाहको तस्विर सार्वजनिक गर्दै ‘शुभविवाह’ लेखेकी छिन् । चितवनको सौराहमा यी जोडीले नजिकका आफन्त र साथीभाइको उपस्थितिमा विवाह गरेका हुन् । अभिनेता मानवको फिल्म ‘अन्तराल’ र ‘चिनी कम रङ कडा’ मा अभिनय देख्न सकिन्छ भने यतिबेला उनी सर्ट फिल्म निर्देशनमा व्यस्त छन् ।

यस्तै, अभिनेत्री पन्त अभिनीत नयाँ फिल्म ुबहावु को ट्रेलर हालै सार्वजनिक भएको छ । ट्रेलरमा सुरक्षा पन्तलाई सुरक्षा विद्रोही पात्रको रूपमा देख्न सकिन्छ ।


क्याटेगोरी : मनोरञ्जन, समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट