Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सूचना उलब्ध नगराउने कञ्चनरुप नगरपालिकाको कार्यालय प्रमुखलाई १५ हजार रुपैयाँ जरिवाना


काठमाडौं, २५ फागुन । सूचना उपलब्ध नगराएको आरोपमा राष्ट्रिय सूचना आयोगले सप्तारीको कञ्चनरुप नगरपालिकाको कार्यालयका कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले प्रमुख प्रशासकीय अधिकृत रेणुका शाहलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम १५ हजार रुपैयाँ जरिवाना गराएको हो ।

सप्तकोशी नगरपालिका–११ निवासी कैलाश माझीले कञ्चनरुप नगरपालिकाको कार्यालयसँग सूचना माग गरेका थिए । तर पटक–पटक लिखित जवाफ माग गर्दा तथा सूचना उपलब्ध गराउन आदेश हुँदा पनि सूचना मागकर्ताबाट माग भएको सूचना उपलब्ध गराउने प्रयास नभएको आयोगको ठहर छ । आयोगले सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम ६(७) बमोजिम आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ (१) बमोजिम गरेको जरिवाना असुलउपर गरी आयोगलाई जानकारी दिनु भनेर जिल्ला प्रशासन कार्यालय, सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई आदेश दिएको छ ।

त्यस्तै, शाहलाई विभागीय कारबाही गरी र पुनरावेदकलाई सूचना उपलब्ध गराई दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लेखेर पठाउन समेत भनेको छ । यस निर्णय चित्त नबुझेमा शाहले ३५ दिनभित्र उच्च अदालतमा पुनरावेदन गर्न पाउनेछिन् ।


क्याटेगोरी : समाचार, मधेस प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट