Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

‘निफ’मा सिस्नुपानीले पनि सेसन चलाउने


काठमाडौं, २५ फागुन । आउँदो चैत २ देखि ६ गतेसम्म हुने छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) मा सिस्नुपानी नेपाल पनि सहभागी हुने भएको छ । स्थापित हाँस्य–ब्यङ्ग्य समूह सिस्नुपानी नेपालले निफमा डेढ घण्टा लामो एउटा सेसन सञ्चालन गर्ने भएको निफका अध्यष केपी पाठकले जानकारी दिए ।

‘हाँस्य व्यङ्ग्यले हौसिएको नेपाली सिनेमा’ विषयक उक्त सेसनमा ‘प्यानलिष्ट’हरु चर्चित कलाकार मनोज गजुरेल, कवि लक्ष्मण गाम्नागे, निर्देशक प्रदिप भट्टराई र समीक्षक डा. विन्दु शर्मा रहेने छन् । त्यसैगरी यस सेसेनको मध्यस्थता गर्ने छन्, पत्रकार तथा संस्कृती विज्ञ धिरेन्द्र प्रेमर्षिले । सिस्नुपानीको यो सेसन आउँदो चैत ६ गते नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा सञ्चालन हुने छ ।

३५ देशका चलचित्रकर्मीको प्रतिनिधित्व हुने यस महोत्सवमा छनौट भएका ९५ प्रतियोगी चलचित्रको प्रदर्शन क्यूएफएक्सद्धारा सञ्चालित सिनेमा हलहरु काठमाडौंको सिभिल मल र छायाँ सेन्टर, पुलचोकको लविङ मल अनि भक्तपुर राधेराधेको भाटभटेनीमा रहेको हलमा हुनेछन् ।

‘ओपनिङ फिल्म’को रुपमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ (अप्रतियोगी) प्रदर्शन हुने छ । कार्यक्रमको उद्घाटन सिभिल मल सुन्धारामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट हुने जानकारी दिइएको छ ।

 


क्याटेगोरी : मनोरञ्जन, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट