Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

बेलायतकी राज्यमन्त्री र प्रधानमन्त्री प्रचण्डबीच बालुवाटारमा भेटवार्ता


काठमाडौं, २६ फागुन । नेपाल भ्रमणमा आएकी बेलायतको विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन मेरी ट्रेभेलियनले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेकी छिन्।

तीन दिने भ्रमणका लागि बिहीबार नेपाल आइपुगेकी उनले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग संवाद गरेकी हु्न्। नेपालको प्रमुख दातृराष्ट्र बेलायतकी मन्त्री र प्रधानमन्त्री प्रचण्डबीच दुई देशको सम्बन्धका विभिन्न आयामबारे कुरा भएको छ।

राज्यमन्त्री मेरीले नेपाल–बेलायत सन्धि (सन् १९२३) सय वर्ष पुगेको अवसरमा नेपाल आएकी हु्न्। भ्रमणका क्रममा उनले प्रधानमन्त्रीसहित उच्चस्तरीय राजनीतिक भेटघाट गर्दैछिन्। उनले नेपालमा रहँदा बेलायत सरकारको लगानीमा सञ्चालित विकास परियोजनाको अवलोकन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट