Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

त्रिचन्द्र कलेज अगाडि मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु


काठमाडौं, २६ फागुन । काठमाडौंको त्रिचन्द्र कलेजअगाडि आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

प्रहरीका अनुसार बा ६५ प ५६०८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक भोजपुरको भोजपुर सदानन्द नगरपालिका–११ घर भएका २२ वर्षीय सुजल हातुहाङ राईको मृत्यु भएको हो।

उनी सवार मोटरसाइकल पैदयात्रीलाई ठक्कर दिई दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट