Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

गर्भ तुहिएर उच्च रक्तस्राव हुँदै आएकी सुत्केरीको हेलिकोप्टरबाट उद्धार


हुम्ला, २६ फागुुन । गर्भ तुहिएर उच्च रक्तस्राव हुँदै आएकी सुत्केरी महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । दुुई हप्तादेखि लगातार अत्याधिक रक्तस्राव भइरहेको कारण सुत्केरी महिलाको अवस्था गम्भीर भएका कारण जिल्ला अस्पताल र स्थानीय प्रशासनको समन्वयमा उनको हेलिकोप्टरबाट प्रदेश अस्पताल सुर्खेतमा उद्धार गरिएको हो ।

जिल्ला अस्पतालकी वरिष्ठ अनमि सरिता बोहराले दुुई हप्ता अगाडि सुुत्केरी हुने समय नपुुगेकी सर्केगार्ड गाउँपालिका–५ को गोठी गाउँकी ३३ वर्षकी कलसी छत्याल शाहीको शुक्रबार हेलिकोप्टरबाट उद्धार गरिएको बताए । हेलिकोप्टरमा उद्धार गरी सुुर्खेत पुर्याए लगत्तै उनको प्रदेश अस्पतालमा उपचार सुरु भएको छ । गर्भवती छत्यालको सुत्केरी हुने समय नपुुग्दै गर्भ तुहिएको हो ।

सुत्केरी छत्यालको अत्यधिक रक्तस्राव भइरहेको कारण अवस्था नाजुुक भएकाले राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट उद्धार गरिएको हो । उनले सुत्केरी छत्यालको लामो समय रक्तस्राव भएको भए पनि बिहीबार अस्पतालमा जानकारी भएको र त्यस लगत्तै हेलिकोप्टरको व्यवस्थातर्फ लागेर उद्धार गरिएको बताए ।

उनलाई गोठीगाउँबाट उद्धार गरिएको हो । उनको उद्धारका लागि सर्केगार्ड गाउँपालिका, स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालयले समन्वय गरेका थिए । यो उनको चौथो गर्भ हो । सुत्केरी छत्यालसहित राष्ट्रपति महिला उत्थान कार्यक्रमले चालु आर्थिक वर्षको साउन महिनायता यो छैटौं उद्धार हो । यसमा एक जना व्यथा लागेकी गर्भवतीको खराब मौसमको कारण हेलिकोप्टरले उडान भर्न नसक्दा मृत्युु भएको थियो । जनशक्ति र उपकरणको व्यवस्था नहुँदा दक्षिणी क्षेत्रका सर्केगार्ड, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिकाका व्यथा लागेकी गर्भवती महिलाहरुका लागि यो कार्यक्रम वरदान सावित हुँदै आएको छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य, कर्णाली प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट