Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

शिशुसहित १७ वर्षिया सुत्केरीको ज्यान गयो


धनगढी, २७ फागुन। बाजुरामा एक सुत्केरीको मृत्यु भएको छ। बिहीवार राति जिल्लाको बुढीगंगा नगरपालिका २ बजेडीकी १७ वर्षीया सुत्केरी लक्ष्मी लुहारको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार उनले मृत्यु हुनुअघि दुईवटा शिशुलाई जन्म दिएकी थिइन्।

पारिवारिक स्रोतका अनुसार बिहीवार उनले घरमा एक शिशु (छोरा) लाई जन्म दिएकी थिइन्। त्यसपछि लक्ष्मीको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा लगिएको थियो। त्यहाँ पनि उनले अर्को शिशु (छोरी) लाई जन्म दिएकी थिइन्।

लक्ष्मीले घरमा एक शिशुलाई घरमा र अर्कोलाई बह्रमतोला स्वास्थ्यचौकीमा जन्म दिएकी हुन्। अर्को शिशुको जन्मपछि उनलाई उच्च रक्तस्राव भएपछि स्वास्थ्य चौकीले अछामको बयलपाटा अस्पताल रेफर गरेको थियो।

त्यसपछि परिवारले उनलाई उपचारका लागि अछाम लगेको थियो। उपचारका लागि बयलपाटा लैजाने क्रममा हिजो राति नै उनको निधन भएको बताइएको छ। यस्तै उनले जन्म दिएको एक शिशुको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

बाटोमै मृत्यु भएकी लक्ष्मीलाई आज बिहान बयलपाटा अस्पतालले मृत घोषित गरेको र अहिले शव बाजुरा लगिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी नारायण डाँगीले बताए।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश
ट्याग : #death

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट