Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

उपराष्ट्रपतिमा ममता झालाई उम्मेदवार बनाउने जनमत पार्टीको निर्णय


काठमाडौं । जनमत पार्टीले ममता झालाई उपराष्ट्रपति पदमा उम्मेदवार बनाउने भएको छ । केन्द्रीय कार्यकारिणी समितिको आज शुक्रवार बसेको बैठकले झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका उपाध्यक्षसमेत रहेका खानेपानी मन्त्री अब्दुल खानले जानकारी दिए । पार्टीको तर्फबाट ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय भए पनि गठबन्धन दलसँग छलफल नभएको उनले बताए ।

जनमत पार्टीकी सप्तरी जिल्ला इन्चार्ज ५३ वर्षीय झाले सद्भावना पार्टीबाट राजनीति सुरु गरेकी थिइन् । उनी पालिका चुनावमा राजविराज नगरपालिकाको मेयरमा उम्मेदवार थिइन्।

यस्तै उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टी (जसपा) नेपालले बारा–२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । जसपाको बिहीवार भएको कार्यकारिणी समितिको बैठकले यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

 


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट