Techie IT
  • ४ साउन २०८१, शुक्रबार
Jhilko

उपराष्ट्रपति चुनावको लागि आज उम्मेदवारको मनोनयन दर्ता


काठमाडौं । आउँदो चैत ३ गते हुने उपराष्ट्रपतिको चुनावका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।

निर्वाचन आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरमा बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका छ । भोलि अन्तिम नामावली प्रकाशन गर्ने र चैत ३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान गर्ने कार्यतालिका छ ।

उपराष्ट्रपतिको कार्यकाल चैत ५ मा सकिँदैछ । उपराष्ट्रपति उम्मेदवार बन्न वंशजका आधारमा नेपाली नागरिक भएको र ४५ वर्ष पूरा भएको हुनुपर्छ । गएको बिहीवार भएको राष्ट्रपति चुनावमा रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट