Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

सप्तरीको लोहजारामा आगलागी, ४० लाख रुपैयाँभन्दा धेरैको क्षति


सप्तरी । सप्तरीको लोहजारामा आगलागी भएको छ । तिरहुत गाउँपालिका वडा नम्बर–५ लोहजरामा स्थानीय राम किसुन मैरता यादवको घरमा हिजो बेलुका बिजुलीको तार सर्ट भएर आगलागी भएको हो ।

आगोले यादवसँगै जोडिएका छिमेकी घरहरुमा क्षति पुर्याएको प्रहरीले जनाएको छ ।

आगलागीबाट ४० लाख रुपैयाँभन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान छ । यादवको घरसहित अन्नपात, लत्ताकपडा गरी तेह्र लाख, छिमेकी देवनारायण ठाकुरको घरसहित आठ लाख तथा छिमेकी उपेन्द्र ठाकुर, सत्यनारायण ठाकुर, हरिनारायण ठाकुरको घरमा पनि भएको क्षतिसहित चालिस लाख रुपैयाँभन्दा धेरैको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

स्थानीय बासिन्दा तथा कञ्चनरुप, हनुमाननगर कङ्कालिनी, राजविराज र शम्भुनाथ नगरपालिकाका गरी ४ वटा दमकल र सुरक्षाकर्मीको सहयोगमा आगो निभाइएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार, मधेस प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट