Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

आँधीखोलामा डुबेर एक जनाको मृत्यु


स्याङजा । स्याङ्जाको आँधीखोलामा डुबेर एक किशोरको ज्यान गएको छ । वालिङ–८ मा रहेको आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर वालिङ ८ कै १६ वर्षका कुशल भुसालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

साथीहरुसँग पौडी खेल्न गएका भुसाल डुबेको जानकारी आए लगत्तै वडा प्रहरी कार्यालय वालिङबाट खटिएको टोली तथा स्थानीयहरुको सहयोगमा शव निकालेको उनको भनाइ छ । मृतक भुसालको शवलाई पोष्टमार्टमका लागि गह्रौ प्राथमिक अस्पताल वालिङमा राखिएको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट