Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सिन्धुलीमा यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु (अपडेट)


काठमाडौं, २८ फागुसन । ओखलढुंगाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस सिन्धुलीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुहिभिरमा बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिए। दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी चिरञ्जीवी दाहालले बताए।

उनका अनुसार बा २ ख ६५९६ नम्बरको यात्रुबाहक बस भित्तामा ठोक्किएर दुर्घटना भएको हो। अहिले उद्धारको काम भइरहेको र घाइतेहरूलाई उपचारका लागि काठमाडौं पठाउने तयारी भएको उनले बताए।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट