Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

रक्सी खाएर अर्धनग्न भई सडकमा स्थानीयसँग विवाद गर्ने प्रहरी संजिवकुमार राय निलम्बनमा


काठमाडौं, २८ फागुन । रक्सी खाएर सडकमा स्थानीयसँग विवाद गरेको आरोप लागेका सप्तरीका प्रहरी जवान संजिवकुमार राय निलम्बनमा परेका छन्।

राजविराजमा गत शुक्रबार दिउँसो रक्सी खाएर स्थानीयसँग विवाद गरिएको निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेशकुमार सिंहले जानकारी दिए। बर्दीमा रहेका उनले अर्धनग्न भएर विवाद गरेको भिडिओ समेत सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। एउटा लाठी लिएर विवाद गरेको भिडिओमा देखिन्छ।

त्यसैबीच जवानसँग हातपात गरेको आरोपमा प्रहरीले केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको डिएसपी सिंहले बताए।


क्याटेगोरी : समाचार, मधेस प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट