Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

महानगरपालिकाले कम्पोष्ट मल बनाउने काम बिस्तार गर्यो


काठमाडौं । काठमाडौं महानगरपालिकाले कम्पोष्ट मल बनाउने कामलाई बिस्तार गरेको छ ।

यसअघि टेकुमा रहेको ट्रान्सफर स्टेशनमा एक ठाउँबाट मात्रै कुहिने फोहरबाट मल बनाउन सुरु गरेको महानगरपालिकाले टेकुकै अर्को ठाउँमा पनि कुहिने फोहरबाट कम्पोष्ट मल बनाउने काम सुरु गरेको छ ।

परीक्षणका रूपमा टेकुबाट सुरु गरिएको मल उत्पादन प्रक्रिया काठमाण्डौ उपत्यकाको अन्य ठाउँ र आगामी एक महिनाभित्र अन्तिम फोहर विसर्जन गर्ने ठाउँ बञ्चरेडाँडामा पनि सुरु गर्ने महानगरको तयारी छ ।

कम्पोष्ट मल बन्नका लागि एक महिनादेखि बढीमा तीन महिनासम्म समय लाग्ने काठमाडौं महानगरपालिकाको वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठले बताए ।

टेकुका ती दुई ठाउँका काम सफल भए उपत्यकाको अन्य ठाउँमा पनि बिस्तार गर्ने तयारी रहेको श्रेष्ठले जानकारी दिए ।

पटकपटक कुहिने फोहर व्यवस्थापन गर्न समस्या भइरहेका बेला कम्पोष्ट मल बनाउने कार्यले सहज हुने उनको भनाइ छ ।

उपत्यकामा नै उत्पादन भएको कुहिने फोहरबाट मल उद्योग सञ्चालन गर्ने र बञ्चरेडाँडामा थोरै मात्र फोहोर पठाउने गर्दा ठाउँ अभावको समस्या पनि समाधान हुने अपेक्षा गरिएको छ ।

अहिले उपत्यकामा उत्पादन भएका सबै फोहर बञ्चरेडाँडामा लानुपर्ने अवस्था छ । यसरी सबै फोहर ल्याण्डफिलमा व्यवस्थापन गर्दा छिटो भरिने हुन्छ ।

फोहर जहाँ उत्पादन भएको छ त्यहीँ व्यवस्थापन गर्नुपर्छ भन्दै महानगरपालिकाले आफ्ना सबै वडा कार्यालयलाई यस विषयमा थप जिम्मेवार बनाउने जनाएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट