Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

खखडेहरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशको दुई जिल्लामा सार्वजनिक बिदा


धनगढी, ३० फागुन । राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशको दुई जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

प्रदेश सरकारले फागुन ३० गते कैलाली, कञ्चनपुरमा सार्वजनिक बिदा दिएको हो । यसअघि यो पर्वको अवसरमा चैत १ गते बिदा दिने भनेर राजपत्रमा उल्लेख गरिएको थियो । तर खखडेहरा फागुन ३० गते परेकाले आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बिदा संशोधन गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता विष्णुदत्त अवस्थीले जानकारी दिए ।

तराईवासी राना थारुले एक महिना आठ दिनसम्म मनाउने होरी पर्वको सबैभन्दा महत्वपूर्ण दिन खखडेहरा हो ।


क्याटेगोरी : समाचार, साहित्य, सुदूरपश्चिम प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट