Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

सल्यानमा गोली लागेर एक जनाको मृत्यु


सल्यान, ३० फागुन । शिकार खेल्न गएका एकजनाको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको छ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ९ स्वाराका अन्दाजी १६ वर्षीय चित्रबहादुर रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सोमबार दिउँसो गाउँबाट करिब दुई किलोमिटर टाढा बाहुनका जंगलमा शिकार खेल्न जाँदा सोही ठाउँका अन्दाजी ४० वर्षीय आइते रावतले बोकेको बन्दुक एक्कासी पड्किदा घाइते भएका चित्र बहादुर घाइते भएका थिए।

घाइते रावतको उपचारका लागि सुर्खेत लग्दै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए। बन्दुक र बन्दुक बोकेका आइते फरार रहेको र उनको खोजी कार्य भइरहेको खनालले बताए। चित्रबहादुरको शव पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा राखिएको छ।


क्याटेगोरी : समाचार, कर्णाली प्रदेश
ट्याग : #fire

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट