Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

अवैध रकम भित्र्याएको आरोपमा पक्राउ परेका पृथ्वीबहादुर शाहसहित छ जना कारागार चलान


काठमाण्डौं, ३० फागुन । विदेशबाट अवैध रकम भित्र्याएको आरोपमा पक्राउ परेका पृथ्वीबहादुर शाहसहित छ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ ।

काठमाण्डौ जिल्ला अदालतले पृथ्वीबहादुर शाहसहित विजयविक्रम शाह, अनुप खड्का, चक्रबहादुर खत्री, रुक्मांगत काफ्ले र रंगबहादुर साउदलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । अदालतले भक्तपुरकी विनिता तामाङलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ । घटनामा संलग्न १३ जना भने अझै फरार छन् ।

उनीहरू विदेशी नागरिकलाई ठगेर अवैधरूपमा नेपालमा पैसा भित्र्याएको आरोपमा पक्राउ परेका भए पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को सुझावमा सरकारी वकिल कार्यालय काठमाण्डौले ठगी, लिखतसम्बन्धी कसुर, सहकारी ठगी र सङ्गठित अपराधविरुद्धको मुद्दा दर्ता गरेको छ ।

शाहसहितको समूहले विदेशमा ठगी गरेको रकम नेपाल ल्याएर घरजग्गा, शेयर, सुन, कम्पनीलगायतमा कारोबार गर्ने गरेको अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ । घटनामा २४ जनाले जाहेरी दिएका छन् । शाहको समूहले ठगी गरी नेपाल ल्याएको रकम ३८ करोड ८६ लाख ६२ हजार एक सय ३६ रुपैयाँ रहेको सीआईबीले बताएको छ । शाहले ठगी गर्नकै लागि नेपालमा २४ वटा कम्पनी खोलेको पाइएको छ ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट