Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

राष्ट्रपति पौडेललाई चिनियाँ समकक्षी सीले बधाई दिए


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई चिनियाँ राष्ट्रपति सी चिनफिङले बधाई दिएका छन् । एक सन्देश जारी गर्दै चिनियाँ राष्ट्रपति सीले नेपालको राष्ट्रपतिमा पदभार ग्रहण गरेकोमा रामचन्द्र पौडेललाई बधाई दिएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

आफ्नो सन्देशमा सीले चीन र नेपाल हिमाल र नदीले जोडिएका मित्रवत् छिमेकी भएको उल्लेख गरेका छन् । उनले सन् १९५५ मा कुटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र चीनबीचको सम्बन्धले शान्तिपूर्ण सहअस्तित्व, मित्रता र पारस्परिक सहयोगको राम्रो उदाहरण प्रस्तुत गर्दै स्वस्थ र स्थिर विकासमा सहकार्य गरेको उल्लेख गरेका छन् ।

चिनियाँ राष्ट्रपति सीले नेपाल–चीन सम्बन्धको विकासलाई आफूले निकै महत्त्व दिएको बताउँदै दुई देशबीचको परम्परागत मित्रतालाई अगाडि बढाउन, आपसी राजनीतिक विश्वासलाई सुदृढ गर्न, उच्च गुणस्तरको बेल्ट एन्ड रोड सहकार्यलाई अगाडि बढाउन र विस्तार गर्न राष्ट्रपति पौडेलसँग मिलेर काम गर्न इच्छुक रहेको बताएका छन् । विकास र समृद्धिका लागि मित्रतासहितको सहयोगको रणनीतिक साझेदारीलाई निरन्तर प्रवर्धन गर्नका लागि तयार रहेको पनि चिनियाँ राष्ट्रपति सीले उल्लेख गरेका छन् ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट