Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सुनसरीको बर्जुमा गुडिरहेको मोटरसाइकलबाट खसेर श्रीमातीको मृत्यु, श्रीमान फक्राउ


काठमाडौं, १ चैत । गुडिरहेको मोटरसाइकलबाट खसेर सुनसरीको बर्जु गाउँपालिका–२, ढट्टाटोलमा एक महिलाको मृत्यु भएको छ ।

गए राति करिब साढे १ बजे बर्जु–३ की ३६ वर्षीया चन्द्रकलादेवी राय को७प ५६५ नम्बरको मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएकी थिइन् । उनी गुडिरहेको मोटरसाइकलमा पछाडि सवार थिइन् । उनलाई अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

सो मोटरसाइकलका चालक एवं मृतक महिलाका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


क्याटेगोरी : समाचार, मधेस प्रदेश
ट्याग : #death

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट