Techie IT
  • ११ जेठ २०८१, शुक्रबार
Jhilko

भुटानी राजबन्दीको रिहाइका लागि ह्युमन राइट्स वाचले गरेको पहलको स्वागत


काठमाडौं । भुटानमा राजनीतिक बन्दीको रिहाइका लागि सञ्चालित ग्लोबल अभियान (जीसीआरपीपीबी), हेगमा रहेको मानव अधिकार सङ्गठनले भुटानमा राजनीतिक बन्दीहरूको रिहाइका लागि अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाच (आरएचडब्ल्यू) ले गरेको पहलको स्वागत गरेको छ ।

आरएचडब्ल्यूले हिजो सोमवार राति न्युयोर्कबाट एक प्रतिवेदन निकालेर भुटानमा जेलमा रहेका सबै राजबन्दीको सजाय खारेज गर्दै उनीहरूलाई विना सर्त रिहाइ गर्न माग गरेको थियो । प्रतिवेदनमा विभिन्न जेलमा रहेका ३७ जना भुटानी बन्दीहरूको विवरण पनि सार्वजनिक गरिएको थियो ।

यसबीच जीसीआरपीपीबीले एम्नेस्टी इन्टरनेशनल, संयुक्त राष्ट्र मानव अधिकार परिषद्, युरोपेली सङ्घ, अमेरिकी विदेश विभाग र अन्य सबै प्रमुख अन्तर्राष्ट्रिय निकायहरूलाई दशकौँदेखि जेलमा सजाय काटिरहेका राजबन्दीहरूको रिहाइका लागि भुटानमाथि दबाब बनाउनका लागि एचआरडब्ल्यूमा जोडिन आग्रह गरेको छ ।

जीसीआरबीले भुटानका जेलमा रहेका राजबन्दीहरूलाई तत्काल रिहा गर्न माग गर्नुका साथै सबै राजबन्दीहरूको विवरण सार्वजनिक गर्न र हराइरहेका दुई राजबन्दी बमबहादुर तिवारी र लोकनाथ आचार्यको अवस्थाबारे जानकारी गराउन पनि भुटान सरकारसँग आग्रह गरेको छ । यी दुवै मानव अधिकारकर्मीलाई क्रमशः सन् १९९० र २०१४ को सुरुवातमा पक्राउ गरिएको थियो ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट