Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

मकवानपुरमा यात्रुबाहक बस दुर्घटना, १४ जना घाइते


मकवानपुर, २ चैत । मकवानपुरमा यात्रुबाहक बस दुर्घटना भएको छ। मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ डिपार्टमा यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।

आज दिउँसो ३ : ४५ बजे काठमाडौंबाट हेटौंडा आउँदै गरेको बा ७ ख १३२६ नम्बरको बस आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय मनहरीका अनुसार सवारी चालकसहित १४ जना घाइतेहरुलाई उपचारको लागि चितवनको भरतपुर अस्पताल पठाइएको छ।

दुर्घटनामा एकजना गम्भीर घाइते रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #accident

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट