Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

राष्ट्रपति पौडेलद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई


काठमाडौं । विश्वकप लिग २ अन्तर्गत आज भएको खेलमा युएईलाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा पुगेकोमा राष्ट्रपति रामचन्द्र पौडेलले बधाई दिएका छन्।

कीर्तिपुरमा भएको खेलमा डिएलएस मेथडका आधारमा ३११ रनको लक्ष्य दिएको युएईलाई नेपालले ९ रनले पराजित गरेको हो।

राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले नेपालले एकदिवसीय विश्वकप छनौट खेल खेल्न पाउने अवसर प्राप्त गरेकोमा पौडेल खुशी व्यक्त गरेको बताए।

पौडेलले नेपाली टोलीलाई धन्यवाद व्यक्त गर्दै राम्रो खेल प्रर्दशन गरेकोमा युएईको क्रिकेट टोलीको पनि प्रशंसा गरेका छन्।

 


क्याटेगोरी : खेलकुद, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट