Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

उपराष्ट्रपति प्रकरणमा पनि एमाले निरीह

  • टिप्पणी

जुनियर विद्यादेवी भण्डारी दुई कार्यकाल राष्ट्रपति भैसकेर निस्कदै गर्दा सिनियर अष्टलक्ष्मीलाई एमालेले हार्ने उपराष्ट्रपतिका रूपमा खडा गरेको थियो। जबकि हिजोको सरकार गठबन्धन टिकाउन अध्यक्ष ओलीले राष्ट्रपतिमा अष्टलक्ष्मी जस्ता व्यक्तित्वको नाम ‘सिरियस्ली’ ल्याएको भए माओवादी केन्द्र र एकीकृत समाजवादी समेत त्यसलाई मान्न वाध्य हुन्थे भनिन्छ।

काठमाडौं। उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवको अत्याधिक मतसहितको विजयले कांग्रेस सहितको नयाँ सरकार गठबन्धन अझ कसिलो सावित भएको छ। जनता समाजवादी पार्टीबाट उपराष्ट्रपति उमेदवार प्रस्तावित यादवलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा सहितका पार्टीले साथ दिएका थिए।

सिङ्गो सरकार गठबन्धनमा रामसहायकै पक्षमा सहमति खोज्ने प्रयास भएपनि जनमत पार्टीले ममता झाको लागि अडान राखिरहदा मित्रवत लोकतान्त्रिक प्रतिस्पर्धा भएको हो। जनमतका अलावा ममताको पक्षमा लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति र अन्त्यमा राष्ट्रिय स्वतन्त्र पार्टी खुलेको भएपनि प्राप्त मत हेर्दा यी पक्षका सबै सांसदको मत उनलाई परेको देखिंदैन।

जसरी राष्ट्रपतिमा सरकार गठबन्धनका सबै पार्टीको मत एकैठाउँमा परेको थियो, उपराष्ट्रपतिमा परेन। तर यसलाई गठबन्धनभित्रकै मित्रवत प्रतिस्पर्धाका रूपमा लिईएको कांग्रेस महामन्त्री गगन थापाले बताएका छन्। यसले प्रधानमन्त्रीले विश्वासको मत पाउने कुरामा कुनै असर नपर्ने उनले बताए।

उपराष्ट्रपति पदकी प्रमुख प्रतिद्वन्द्वी एमाले नेतृ अष्टलक्ष्मी शाक्यले भने एमालेको मतलाई मात्रै सुरक्षीत गर्न सकिन्। आफ्ना पक्षमा सरकार गठबन्धनबाट मत ‘क्रस’ हुने ठुलो आशा उनलाई थियो। किनभने अध्यक्ष केपी ओलीले उनलाई त्यही आश्वासन दिएर खडा गरेका थिए। एमालेका कयौं नेता र प्रचार संयन्त्रहरूले अष्टलक्ष्मीको विजय घोषणा हुनमात्र बाँकी रहेको प्रचारलाई व्यापक बनाएका थिए।

जुनियर विद्यादेवी भण्डारी दुई कार्यकाल राष्ट्रपति भैसकेर निस्कदै गर्दा सिनियर अष्टलक्ष्मीलाई एमालेले हार्ने उपराष्ट्रपतिका रूपमा खडा गरेको थियो। जबकि हिजोको सरकार गठबन्धन टिकाउन अध्यक्ष ओलीले राष्ट्रपतिमा अष्टलक्ष्मी जस्ता व्यक्तित्वको नाम ‘सिरियस्ली’ ल्याएको भए माओवादी केन्द्र र एकीकृत समाजवादी समेत त्यसलाई मान्न वाध्य हुन्थे भनिन्छ।

ओलीले अष्टलक्ष्मी त के सुवासचन्द्र नेम्वाङको नामसम्म ल्याएनन्। जित्ने अवस्थामा उनका राष्ट्रपति आफ्नै ‘रवर स्टाम्प’ गुरु बराल वा डोरमणि पौडेल थिए। त्यसै कारणले गठबन्धन टुट्यो। कांग्रेस प्रस्तावित रामचन्द्र पौडेलले भारी मतले राष्ट्रपति जिते।

हार्ने निश्चित हुँदा भने राष्ट्रपति, उपराष्ट्रपतिमा क्रमशः सुवासचन्द्र र अष्टलक्ष्मीलाई अगाडि सारेर एमालेले पार्टी शीर्ष व्यक्तित्वहरूको सार्वजनिक मानमर्दन गरेको छ। हार्ने चुनाव भएरै जनजाति र महिला व्यक्तित्व संवेदना पनि एमालेले गतिलैगरी छर्न पायो।

राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायको हुनुपर्ने संवैधानिक प्रावधानलाई समेत महिला अनिवार्यताको व्याख्या एमाले वृत्त र निर्वाचन आयोगबाट समेत भयो। यही प्रावधानलाई टेकेर अष्टलक्ष्मीलाई उपराष्ट्रपति जिताइछाड्ने जसरी प्रस्तुत भए एमालेहरू एकदुई दिन। मुद्दा लिएर सर्वोच्च अदालतसम्म पुगे। सर्वोच्चले गेटबाटै मुद्दा फर्काइदियो।

एमालेसँग गठबन्धन टुटेर नयाँ गठबन्धन बन्दा कांग्रेस प्रस्तावितलाई राष्ट्रपति र जसपा प्रस्तावितलाई उपराष्ट्रपति भन्ने सहमति भैसकेकै थियो। जनमत पार्टीले रहर गरेपनि गठबन्धनका मुल प्रवृत्तिहरू त्यसबाट भड्किन मिल्दैनथ्यो। भड्किएनन् पनि। यत्ती हो, एउटै पार्टीबाट दुईजनाको उमेदवारी पर्दा कसको उमेदवारी निष्क्रिय गर्ने त्यो जसपाको कुरा थियो।

प्रमिला यादवलाई कायम राख्दा उपराष्ट्रपति जस्तो राज्यको उच्चअङ्ग महिला र मधेसी नेतृत्वका रूपमा अझ समावेशी हुन्थ्यो तर जसपाले रामसहायप्रसादलाई कायम राख्यो। धेरै सोचबिचार गरेरै यसो गर्‍योहोला।

उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई बधाई एवं शुभकामना छ !

क्याटेगोरी : जनमञ्च, समाचार
ट्याग : #breaking

प्रतिक्रिया

धेरै पढिएका

ताजा अपडेट