Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

पहाडी क्षेत्रमा आज पनि पानी पर्ने सम्भावना


काठमाडौं । काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा आज पनि पानी पर्ने सम्भावना छ । अहिले पनि पहाडी एक/दुई ठाउँमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो पहाडी केही क्षेत्र तथा तराईका थोरै ठाउँमा मेघ गर्जन र चट्याङ र हावाहुरीसहित क्षणिक तथा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज राति कोशी प्रदेश, मधेस प्रदेश र बाग्मती प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । भोलि र पर्सि पनि मौसम यस्तै रहने छ । पर्सि सोमवार मधेस प्रदेश र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना देखिएको छ।

यो हप्ताको सुरुवातमा भएको हिउँदे वर्षाले किसानलाई केही राहत मिलेको छ । वर्षाले मकै छर्ने तयारीमा रहेका किसानलाई राहत मिलेको हो। किसानले लगाएका मौसमी तथा बेमौसमी तरकारी, फलफूल र अन्य बालीलाई पनि राहत मिलेको छ।

यो हप्ता वर्षा मापन भएका केन्द्रहरुमध्ये सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा रहेको मार्तडी केन्द्रमा ४९ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ । तराईका धेरैजसो ठाउँमा तापक्रम ३० डिग्रीभन्दा माथि पुगेको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) दुम्कौली केन्द्रमा सबैभन्दा बढी ३४ दशमलव ६ डिग्री सेल्सियस अधिकतम तापक्रम मापन गरिएको छ । मुस्ताङको जोमसोम केन्द्रमा सबैभन्दा कम माइनस २ दशमलव एक डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन भएको छ ।

यो हप्ता पश्चिमी वायुको सामान्य प्रभाव रहने अनुमान छ । अहिले स्थानीय वायुसँगै पश्चिमी वायुको पनि सामान्य प्रभाव रहेको छ । हिमाली क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रही केही ठाउँमा यो हप्ता हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना छ ।

प्रि–मनसुन भएकाले मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट