Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा जारी


विराटनगर, ४ चैत । कोशी प्रदेशको राजधानी विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा जारी भएको छ । कोशी प्रदेश नामकरणको विरोधमा दैनिक प्रदर्शन हुन थालेपछि जिल्ला प्रशासन कार्यालय, मोरङले सूचना निकालेर भोलि बिहान ६ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जारी गरेको सूचनामा सुरक्षा जोखिमलाई ध्यानमा राखेर निषेधाज्ञा लागू गरिएको उल्लेख छ । गएको फागुन १७ गते बसेको प्रदेश सभाको बैठकले कोशी नामकरण गरेको थियो । त्यसपछि कोशी नामकरणमा असहमति जनाउने विभिन्न समूह तथा पक्षले धर्ना, जुलुस प्रदर्शन गर्दै आएका छन् ।

विशेषगरी प्रदेश १ को नाम किराँत हुनुपर्ने माग गर्दै आएकाहरुले दैनिक प्रदर्शन गरिरहेका छन् । प्रदर्शन भइरहँदा शान्ति सुरक्षामा असर पर्ने भएकाले निषेधाज्ञा जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी भट्टराईले सूचनामा उल्लेख गरेका छन् ।

सूचनामा चैत ५ गते बिहान ६ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि तोकिएको क्षेत्रमा सर्वसाधारण तथा गाडी आवत जावतबाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्‍याली जस्ता कार्यहरू गर्न निषेध गरिएको उल्लेख छ ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट