Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

धनुषामा ट्याक्टर चालकमाथि छुरा प्रहार गरेको आरोपमा तीन जना पक्राउ


धनुषा, ५ चैत । धनुषामा एक जना ट्याक्टर चालकमाथि छुरा प्रहार गरेको आरोपमा प्रहरीले तीन जना पक्राउलाई गरेको छ । शुक्रबार साँझ धनुषाको बडहरी खोलामा बालुवा लिन गएका मिथिला नगरपालिका– ९ का ट्याक्टर चालक पवनकुमार महतोमाथि छुरा प्रहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार शुक्रबार ट्याक्टर चालक महतोसँग बेगाडारस्थित होराइजन स्कुल नजिक पाँच जनाको समूहले ट्याक्टर रोकेर पैसा मागेका थिए । नदिएपछि आक्रमण भएको हो । पक्राउ पर्नेमा सोही ठाउँका २५ वर्षीय निरज लामा, ३४ वर्षीय रितेश लामा र २२ वर्षीय किसन लामा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । उनले घटनामा संलग्न अन्य दुई जनाको खोजी कार्य जारी रहेको बताए ।

यता, छुरा प्रहारपछि गम्भीर घाइते भएका महतोको जनकपुरधामस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ । उनको अवस्थामा सुधार हुँदै गएको प्रहरीले जनाएको छ । घाइते महतोका अनुसार खोलाबाट बालुवा लिन जदाँ आरोपितहरुले पैसा मागेको र नदिएपछि छुरा प्रहार गरी फरार भएको हो ।


क्याटेगोरी : समाचार, मधेस प्रदेश
ट्याग : #pakrau

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट