Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

परिपक्व राजनीति गर्दै रास्वपा !


  • टिप्पणी

काठमाडौं। प्रधानमन्त्री प्रचण्डलाई पुनः विश्वासको मत दिने सन्दर्भसम्म आइपुग्दा राष्ट्रिय स्वतन्त्र पार्टीले परिपक्व राजनीति सिक्दै बढेको आभास भएको छ। यथास्थितिमा आम असन्तुष्टिको बेग फैलिदा स्थापनाको छ महिनाबीचमै गत चुनावमा रवि लामिछाने अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टी अस्वाभाविक भएर उदायो। २० सिट सहितको चौथो ठूलो दल बन्दा रास्वपाको सरकार यात्रा र अध्यक्ष रविको उपप्रधानमन्त्री तथा गृहमन्त्री नेतृत्व समेत अस्वाभाविक बन्यो। अनि सरकारबाट बहिर्गमन पनि उत्तिकै अस्वाभाविक बन्यो।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने हिजोको निर्णयसम्म आइपुग्दा पछिल्ला परिपक्व निर्णयबाट रास्वपाले संविधान कार्यान्वयन र लोकतान्त्रिक स्थिरतालाई नै बलियो बनाउन मद्दत गरेको छ।

सरकारबाट बहिर्गमनपछि भने रास्वपाले सापेक्षित परिपक्व निर्णय लिदै आएको आभास धेरैतिर गरिएको छ। सुरुमा एमाले अध्यक्ष केपी ओलीको ‘कन्भिन्सिङ’ले सरकार गठबन्धनमा आएको रास्वपाले सरकारबाट अस्वाभाविक हटेपनि एमाले र राप्रपाले जसरी लहडमा सरकारलाई दिएको समर्थन फिर्ता लिएन, कायमै राख्यो। राष्ट्रपतिमा एमाले प्रस्तावित सुवासचन्द्र नेम्वाङलाई समर्थन गर्ने आम अपेक्षा विपरीत लोकतान्त्रिक-वाम गठबन्धन प्रस्तावित रामचन्द्र पौडेललाई समर्थन गर्‍यो, मत दियो। त्यसको ‘लजिक’ के दियो भने- ‘हामी लोकतन्त्रलाई बलियो बनाउने र व्यवस्थालाई रक्षा गर्नेको पक्षमा उभिएका छौं।’

उपराष्ट्रपतिमा समेत उसले मधेसी महिला र नयाँ ‘समाजवादी’ दलका रूपमा खडा भएको जनमत पार्टीकी ममता झालाई सघायो। भएमध्येकाबाट समावेशी चरित्र छान्नुपर्दा त्यो रास्वपाको सहि निर्णय थियो। यद्यपि सरकार गठबन्धनमा सहमति नहुँदा र जसपाका रामसहाय यादव र झाको मित्रवत प्रतिस्पर्धा हुँदा यादव निर्वाचित भए।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने हिजोको निर्णयसम्म आइपुग्दा पछिल्ला परिपक्व निर्णयबाट रास्वपाले संविधान कार्यान्वयन र लोकतान्त्रिक स्थिरतालाई नै बलियो बनाउन मद्दत गरेको छ। अब पुनः सरकारमा सहभागी भएर त्यस यात्रालाई उसले अझ व्यवहारिक सावित गर्नसक्छ।


क्याटेगोरी : जनमञ्च, समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट