Techie IT
  • १६ वैशाख २०८१, आईतबार
Jhilko

उपराष्ट्रपति यादवको शपथ ग्रहण आज


काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिँदै छन्।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपराष्ट्रपति यादवले आज बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा आयोजना हुने विशेष समारोहमा शपथ लिने भएका हुन् ।

यादव यही चैत ३ मा उपराष्ट्रपति पदमा निर्वाचित भएका हुन् । चुनावमा यादवले ३० हजार ३२८ मतभार प्राप्त गरेका थिए।

निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल यही चैत ३ मा सकिएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट