पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, ६ चैत । नेपाल प्रहरीका पाँच नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गरिएको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकबाट पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका प्रेस संयोजक नरेन्द्र केसीले जानकारी दिए ।
गृह मन्त्रालयले गरेको सिफारिसअनुसार डीआईजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गरिएको संयोजक केसीले जानकारी गराएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
प्रतिक्रिया