Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की चढेको सवारीमाथि ओखलढुंगामा आक्रमण प्रयास


विराटनगर, ६ चैत । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की चढेको सवारीमाथि ओखलढुंगामा आक्रमणको प्रयास भएको छ।

सोमबार जिल्लाका विभिन्न कार्यक्रममा सहभागी भएका कार्कीको सवारी माथि ओखलढुङ्गामा आन्दोलनरत पक्षले आक्रमणको प्रयास गरेका हुन् । सिद्धिचरण नगरपालिका वडा नम्बर ११ को गोरुमारे भन्जाङमा भेला भएका संयुक्त संघर्ष समितिका कार्यकर्ताहरुले मुख्यमन्त्री सवार गाडी छेकेर अवरोध गरेका हुन् ।

आन्दोलनकारीले गाडी रोकेर आक्रमणको प्रयास गरेका थिए । प्रहरीले आन्दोलनकारीलाई रोकेको थियो । मुख्यमन्त्रीलाई उनीहरूले कालोझन्डा देखाउँदै राष्ट्रिय झन्डा थुतेका थिए। मुख्यमन्त्री कार्कीले प्रदेशको नामबारे अब कुनै छलफलसमेत नहुने भन्दै अघिल्लो दिन ओखलढुङ्गामा अभिव्यक्ति दिएका थिए ।

सामुदायिक भवन र सडक उदघाटन गर्न कार्की ओखलढुङ्गा पुगेका थिए । मुख्यमन्त्रीको टोलीसँगै रहेका पत्रकार कमल रिमालले अवरोध गर्न गरेको प्रयास सुरक्षाकर्मीले विफल बनाइदिएको बताए ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट