Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

आज देशभर मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना


काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा मेघ गर्जन, चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मंगलवार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावा–हुरी,असिनासहित क्षणिकरहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मंगलवार राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघ गर्जन,चट्याङ,हावा–हुरी,असिना सहित क्षणिकरहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको मौसम पूर्वानुमान बुलेटिन उल्लेख छ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट