Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

रुकुम पश्चिम : चैत १ गतेदेखि हराइरहेका व्यक्तिको शव फेला


रुकुम पश्चिम । रुकुम पश्चिममा चैत १ गतेदेखि हराइरहेका एक जना पुरुषको शव फेला परेको छ ।

मुसीकोट नगरपालिका वडा नम्बर ३ का ६० वर्षका लोकबहादुर केसीको शव फेला परेको हो । छेडादेखि माछिमी जाने भित्री सडक खण्डको गड्याङ भन्ने ठाउँमा केसीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डीएसपी) नमराज भट्टराईले केसीको शव सडकदेखि तल माटोमा फेला परेको बताए । शव माटो र ढुङ्गाले पुरिएको अवस्थामा भेटिएकाले हत्या गरिएको हुनसक्ने केसीका परिवारजनको भनाइ छ ।

बोल्न नसक्ने केसी घाँस काट्न भनी चैत १ गते बिहान ८ बजे घरबाट निस्किएका थिए । उनी घर नआएको भनी प्रहरीमा निवेदन पेस भएपछि खोजी भएको थियो । डीएसपी भट्टराईको नेतृत्वमा रहेको प्रहरी टोलीले खोजी गर्दा केसीको शव आज मङ्गलबार फेला परेको हो । घटनाको अनुसन्धान भइरहेको भट्टराईले बताए ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट