Techie IT
  • ४ वैशाख २०८१, मंगलबार
Jhilko

आजदेखि मौसम खुल्दै जाने


काठमाडौं । काठमाडौंसहित धेरै ठाउँमा घाम लागेको छ । आज हिजो अस्तिको जस्तो मौसम धुम्म नहुने मौसमविद्ले बताएका छन् । हिजोअस्ति बिहानैदेखि मौसम धुम्म भएको थियो भने धेरैजसो ठाउँमा पानी परेको छ ।

हिजो अस्ति पश्चिमी वायूसँगै स्थानीय वायू र उत्तर प्रदेशमा बनेको न्यूनचापीय प्रणाली सक्रिय हुँदा देशभरकै मौसम धुम्म भइ मेघगर्जन र चट्याङसहित पानी परेको थियो ।

भारतको उत्तर प्रदेशमा बनेको न्यूनचापीय प्रणाली कमजोर भएकाले आज हिजो अस्तिको तुलनामा मौसम खुल्ने मौसमविद्को भनाई छ ।

अहिले प्रि मनसुनको समय भएकाले केही ठाउँमा दिउँसोपछि मेघगर्जन र चट्याङसहित आज पनि हल्का वर्षाको सम्भावना भने हुन्छ ।

विशेषगरी दिउँसोपछि कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान छ ।

उहाँका अनुसार सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली हुन्छ ।

तर, हिजो अस्तिको जस्तो मेघगर्जन र चट्याङसहितको वर्षाको सम्भावना छैन । एक दुई ठाउँमा हल्का पानी भने पर्न सक्ने मौसमविद्ले बताएका छन् ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट