Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

ट्रकमा मोटरसाइकल ठोक्किँदा काठमाडौंमा एक जनाको मृत्यु


काठमाडौं, ८ चैत । काठमाडौंको चन्द्रागिरि नगरपालिका–११, सिप्रदीमा ट्रकमा स्कुटर ठोक्किँदा एकजनाको मृत्यु भएको छ । स्कुटर चालक बागलुङका अन्दाजी २३ वर्षीय किरण केसीको मृत्यु भएको हो ।

उनको उपचारका क्रममा महाँकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गए राति करिब १२ बजे सडकछेउमा रोकिराखेको ना७ख ५७१२ नम्बरको ट्रकमा नागढुंगाबाट थानकोटतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१०प ३२१७ नम्बरको स्कुटर ठोक्किएको थियो । दुवै सवारीसाधनसहित ट्रक चालकलाई प्रहरी प्रभाग बलम्बुले नियन्त्रणमा लिएको छ ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट