Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रेस सेन्टर नेपालको सर्लाही जिल्ला अध्यक्षमा श्रवण थापा चयन


सर्लाही, ९ चैत । नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टर नेपालको सर्लाही जिल्ला अध्यक्षमा श्रवण थापा चयन भएका छन्।

बुधबार साँझ सर्लाहीको बागमतीमा सम्पन्न प्रेस सेन्टरको विशेष जिल्ला सम्मेलनले थापाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको हो। समितिको उपाध्यक्षमा क्षितिज विश्वकर्मा र शर्मिला रमौली मगर, सचिवमा राधेश्याम कुशवाहा, सहसचिवमा सलिना मगर र जितेन्द्र कुशवाहा चयन भएका छन्।

त्यसैगरी संगठनको कोषाध्यक्षमा राजेश पाठक, सदस्यहरूमा चन्द्रबहादुर जिम्बा, शिवकुमार कुशवाहा, हरि निरौला, मन्दिरा लामिछाने, जितेश यादव, अविशेष यादव र अनिता साह चयन भएका छन्।

कार्यक्रममा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य अच्युतम काफ्ले, प्रदेश सांसद जवाहरलाल कुशवाहा, हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकी, बलरा नगरपालिकाका मेयर रामाशंकर प्रसाद कुशवाहा, प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष गोविन्द देवकोटा, महासचिव सन्तोष पौडेल, केन्द्रीय सदस्य जनार्दन पोखरेल, पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंक क्षेत्रीलगायतले मन्तव्य राखेका थिए।

संगठनको हित र पत्रकारको आचरणविपरीतका गतिविध गरेको भन्दै एक साताअघि प्रेस सेन्टर मधेश प्रदेश समितिले संगठनका निवर्तमान सर्लाही जिल्ला अध्यक्ष शंकर पहाडी नेतृत्वको समिति विघटन गरेको थियो।


क्याटेगोरी : समाचार, मधेस प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट