Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही नियुक्त


सुर्खेत, ९ चैत । कर्णाली प्रदेशको योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शाहीलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

उनी यसअघि योजना आयोगको सदस्य थिए। यस्तै मुख्यमन्त्री राजकुमार शर्माको प्रमुख प्रशासनिक सल्लाहकार विज्ञका रूपमा रुकुम पश्चिमका भरतकुमार शर्मालाई नियुक्त गर्ने निर्णय बैठकले गरेको छ।

शर्मा कर्णाली प्रदेशका पूर्व मुख्य सचिव हुन्। वरिष्ठ आर्थिक सल्लाहकारमा भने शालिकराम पोख्रेललाई नियुक्त गर्ने निर्णय गरिएको छ।


क्याटेगोरी : समाचार, कर्णाली प्रदेश
ट्याग : #yojana aayog

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट