Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

निजगढमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु


बारा, ९ चैत । बाराको निजगढ नगरपालिका-१३ मा बुधबार बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। पछाडि सवार दुई जना भने घाइते भएका छन्।

मृत्यु हुनेमा निजगढ नगरपालिका-१३ वेशीगाउँका १८ वर्षीय दिपक बिक रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका दिपकको उपचारका क्रममा रतनपुरस्थित एम्स अस्पतालमा गएराती साढे १ बजे मृत्यु भएको हो।

घाइते भएका मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका ३० वर्षीय चन्द्र बहादुर बल र १७ वर्षीय निभराज मोक्तानको सोही अस्पतालमै उपचार भइरहेको छ। ना २३ प ६२७७ नम्बरको मोटरसाइकल हिजो बेलुकी सवा ७ बजे अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिएको अस्थायी प्रहरी पोष्ट रतनपुर बाराले जनाएको छ।


क्याटेगोरी : समाचार, मधेस प्रदेश
ट्याग : #accident

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट