Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

आज बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ आईजीपी नियुक्त गर्दै, आईजीपी बन्न एआईजीहरुबीच तीव्र प्रतिस्पर्धा


काठमाडौँ । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । आईजीपी नियुक्त गर्नुपर्ने विषय प्रमुख भएकोले बिहीबार नियमित बस्नुपर्ने बैठकलाई शुक्रवार सारिएको हो । आज दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद्ले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्नेछ ।

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह शनिबारबाट अवकाशमा जाँदै छन् । चैत १० मा (शुक्रवार) उनलाई बिदाइ गरिने छ । सिंहको अवकाश सँगै ३० औँ आईजीपी बन्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुबीच तीव्र प्रतिस्पर्धा छ ।

५ जना अतिरिक्त महानिरीक्षक(एआईजी)हरु आईजीपीको दाबेदार हुन् । चैत ६ मा अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षक पदको दाबेदार हुन् । तर, उनीहरूमध्ये पछिल्लो समय दुई जनाको बीचमा तीव्र प्रतिस्पर्धा देखिएको छ ।

आईजीपी हुने प्रतिस्पर्धामा वसन्त कुँवर र श्यामलाल ज्ञवाली अगाडि छन् । वसन्त कुँवर मेरिट लिस्टको एक नम्बरमा छन् । मेरिटमा अगाडि भएको हुनाले उनलाई मुख्य दाबेदारको रूपमा हेरिएको छ । कुँवर २०५१ चैत ५ मा इन्स्पेक्टरबाट प्रहरीमा प्रवेश गरेका थिए ।

कुँवरसँगै प्रहरी सेवामा आएका श्यामलाल ज्ञवाली मेरिट लिस्टको चौथो नम्बरमा छन् । आईजीपीको प्रतिस्पर्धामा ज्ञवालीले एक नम्बर वरियताका कुँवरलाई चुनौती दिएका छन् । ज्ञवालीलाई आईजीपी बनाउन माओवादीका दोस्रो तहका नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दबाब दिएका छन् । एआईजी ज्ञवाली महान्यायाधिवक्ता डा.दिनमणि पोखरेलसँग पनि निकट छन् ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट