Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

सिरहाको गोलबजारमा इँटाभट्टाको पर्खाल भत्किएर एक महिलाको मृत्यु


सिरहा, १० चैत । गोलबजार नगरपालिका–८​ मा इँटाभट्टाको पर्खाल भत्किएर एक महिलाको मुत्यु भएको छ। अन्य दुईजना घाइते भएका छन्।

गोलबजारस्थित सगुन इँटा उद्योगको पर्खालले किच्दा शुक्रबार बिहान भारतको पश्चिम बङ्गाल राज्यकी महिमा बिबीको मृत्यु भएको हो। पोलेको इँटा निकाल्ने क्रममा भट्टिको पर्खाल भत्किएर किच्दा घाइते भएकी उनको उपचारका लागि लहान लैजाने क्रममा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।

घाइते ३५ वर्षीया बबी बिबी र ४० वर्षीया ममता बिबीको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

शव परीक्षणका लागि प्रादेशिक अस्पताल लहानमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


क्याटेगोरी : समाचार, मधेस प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट